पाल्पा १ बाट एमालेका उम्‍मेदवार आचार्य निर्वाचित

पाल्पा | मंसिर ९, २०७९

पाल्पा १ बाट एमालेका उम्‍मेदवार आचार्य निर्वाचित

पाल्पा:   पाल्पा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका उम्‍मेदवार नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।


कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।


आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा कांग्रेसका गाहाले २० हजार २५६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यस्तै स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले ११५मत ल्‍याए ।


आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न) ले १० मत प्राप्त गरे ।


पाल्पा १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो । जसमध्ये १ हजार ४०७ मत बदर भएको छ ।

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्